मितेरी सहकारी ठगी प्रकरणः मुख्य आरोपी कम्बोडियाबाट पक्राउ, इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी ! 

काठमाडौँ । मितेरी सहकारीको रकम अपचलन प्रकरणमा फरार रहेका एकजना कम्बोडियामा पक्राउ परेका छन् । रेड कर्नर नोटिस जारी भएका ज्योति बहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका हुन् ।  प्रहरी स्रोतले दिएको जानकारी अनुसार कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल फिर्ता ल्याउन हाल नेपाल प्रहरीको टोली कम्बोडिया जाने तयारीमा छ । यसो त भण्डारी केही महिनाअघि नै […]

Jun 18, 2025 - 05:23
 0
मितेरी सहकारी ठगी प्रकरणः मुख्य आरोपी कम्बोडियाबाट पक्राउ, इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी ! 

काठमाडौँ । मितेरी सहकारीको रकम अपचलन प्रकरणमा फरार रहेका एकजना कम्बोडियामा पक्राउ परेका छन् । रेड कर्नर नोटिस जारी भएका ज्योति बहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका हुन् । 

प्रहरी स्रोतले दिएको जानकारी अनुसार कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल फिर्ता ल्याउन हाल नेपाल प्रहरीको टोली कम्बोडिया जाने तयारीमा छ ।

यसो त भण्डारी केही महिनाअघि नै पक्राउ परेको बताइएको छ । तर, कम्बोडिया प्रहरी किन पक्राउ गर्यो ? भन्ने खुलाइएको थिएन । यद्यपि रेड कर्नर नोटिस जारी गरेर उनलाई इन्टरपोलमार्फत नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो । 

सहकारी ठगी प्रकरणका मुख्य आरोपित समेत रहेका भण्डारीले क्रिप्टोमा लगानी गर्ने भन्दै सहकारीबाट पैसा लगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट खुलेको छ । उनलाई कम्बोडियाबाट नेपाल ल्याएर सीआईबीकै जिम्मा लगाइनेछ ।

प्रहरीले सोही सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसका सांसद एवम् उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध पनि रेड कर्नर नोटिस जारी गरेको थियो । सांसद् गुरुङसँग पनि प्रहरीले पटकपटक बयान लिइसकेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register