पाँच अर्बमा खुल्यो नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी

काठमाडौँ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको उद्घाटन गरिएको छ । यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको हो । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तलामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोबिन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  कम्पनीको उद्घाटन गदै नेपाल […]

May 9, 2025 - 05:33
 0
पाँच अर्बमा खुल्यो नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी

काठमाडौँ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको उद्घाटन गरिएको छ । यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको हो ।

काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तलामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोबिन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

कम्पनीको उद्घाटन गदै नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अतितकुमार कयालले कम्पनीले आगामी दिनमा लगानी सही र उच्चतम प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने बताएका छन् । 

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीले बीमा क्षेत्रकै नेतृत्व गर्दै अघि बढेको नेपाल लाइफ लगानी विविधिकरणमा अघि बढेको बताएका छन् । कुल चुक्ता पूँजी एक अर्ब ८० करोड रहेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको कुल लगानी पाँच अर्ब रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register