इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपर्छि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं । इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्को छ । विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर एक ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ । एक साता नपुग्दै तेलको मूल्य ७ डलर बढेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७६ दशमलब ७० डलर […]

Jun 19, 2025 - 06:12
 0
इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपर्छि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं ।

इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्को छ ।

विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर एक ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ । एक साता नपुग्दै तेलको मूल्य ७ डलर बढेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७६ दशमलब ७० डलर पुगेको छ । ब्रेन्ट क्रुडमा ७६ दशमलब १८ डलरमा कारोबार भएको छ ।

इरान र इजरायलबीच युद्धमा अमेरिका पनि मिसिने भएपछि मध्यपूर्वमा त्रास बढेको छ । युद्धका कारण तेलेको आपूर्तिमा प्रभाव पर्न थालको छ । मध्यपूर्वमा युद्ध चर्किएपछि खाडी मुलुकहरूबाट पेट्रोलियम पदार्थ आपूर्ति कम हुने अवस्था आएपछि विश्वबजारमा कच्चा तेलको मुल्य बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register