नयाँ बर्ष- २०८२ को गन्तव्य: शैलुङको सय थुम्का

दोलखा। नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा ५० हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी काठमाडौँबाट नजिक रहेको शैलुङमा पछिल्लो समय अत्यधिक पर्यटक पुग्ने गरेका छन् ।  नयाँ बर्ष- २०८२ को पहिलो दिन अहिलेसम्मकै धेरै पर्यटक पुगेको स्थानीय युवा समाजसेवी नवराज खड्काले बताए । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ […]

Apr 15, 2025 - 05:55
 0
नयाँ बर्ष- २०८२ को गन्तव्य: शैलुङको सय थुम्का

दोलखा।

नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा ५० हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी काठमाडौँबाट नजिक रहेको शैलुङमा पछिल्लो समय अत्यधिक पर्यटक पुग्ने गरेका छन् । 

oplus_0

नयाँ बर्ष- २०८२ को पहिलो दिन अहिलेसम्मकै धेरै पर्यटक पुगेको स्थानीय युवा समाजसेवी नवराज खड्काले बताए । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ लगायत विदेशी पर्यटकसमेत पुगेको शैलुङ डाँडामा स्थानीय सांस्कृतिक नृत्य तथा गीतहरू समेत प्रस्तुत गरिएको थियो । 

टिकटक र युटुबमा शैलुङको प्राकृतिक सुन्दरता हेरेर आफूहरु यहाँ नयाँ बर्ष– २०८२ मनाउन आएको सिन्धुपाल्चोक जलविरेकी स्थानीय प्रिया तमाङले बताइन्। साना– ठूला थुम्काहरुको लहर, ग्रेटवाल र चिमालको सौन्दर्यले शैलुङ टिकटक र युटुवमा देखेको भन्दा सुन्दर पाएको प्रियाको भनाई छ ।

दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ मा पर्ने तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती रहेको छ । शैलुङमा हरेक बाह्र वर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । शैलुङका केही भाग दोलखाको मेलुङ गाँउपालिका र रामेछापमा समेत पर्दछ । 

महादेव (शिवजी) को प्रतिमूर्तिमा सीर निहुराएर मागेको बर खेर नजाने विश्वास रहेको स्थानीय धनबहादुर मगरले बताए । महादेव मन्दिरसंगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कन गरिरहेका हुन्छन् ।

शैलुङको थुम्काहरुबाट गौरीशङ्कर लगायतका हिमश्रृङखलाहरु नियाल्ने, पुष– माघमा हिउँसंग खेल्ने, महादेव, भीमसेन शिला तरबार लगायतका मठ– मन्दिरको दर्शन गर्ने र ग्रेटवाल चढ्ने अवसरको लागि दैनिक सयौ पर्यटक शैलुङ पुग्ने गरेको स्थानीयको भनाई छ । 

शैलुङ पुग्न दोलखाको चरङ्गे, महाङ्काल थान, सेरावेशी र चरिकोट, सिन्धुपाल्चोकको मुडे र रामेछापको खोलाखर्क हुँदै  जान सकिने स्थानीय बताउँछन् । 

oplus_0

नयाँ वर्षमा सामूहिक लघुरुद्री

नयाँ बर्ष- २०८२ को पहिलो दिन सोमवार गितकार, समाजसेवी एवम् एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीको विशेष पहलमा धार्मिक एवम पर्यटकीय केन्द्र शैलुङमा रहेको शैलुङ्गेश्र महादेव मन्दिर तथा भीमसेन शिला तरवारमा सामूहीक लघुरुद्री पुजा भएको सङ्गितकार एवम् पत्रकार प्रवीण प्रसाद थपलियाले बताए । 

शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ जना र भीमसेन शिला तरवारमा २३ जना गरी ३६ जना पण्डीतहरुले लघुरुद्री पूजा सम्पन्न गरेको थपलियाले बताए । सो अवसरमा समाजसेवी शोभित उप्रेतीले भीमसेन शिला तरवारमा ५२ केजीको घण्टा चढाएका थिए ।

किंवदन्ती अनुसार द्वापर युगमा भीमसेन शैलुङको बाटोहुदै नेपाल मण्डल प्रवेश गर्नेक्रममा शैलुङ डाँडामा तरबार (खड्ग) राखेर विश्राम गरेको र तरबार त्यही छोडेका थिए । त्यस यता स्थानीयले भीमसेन शिला तरवारलाई पूजा गर्दै आएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register