सलमान खानको मस्तिष्कमा गम्भीर समस्या

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मस्तिष्कमा एन्युरिज्म र एभी मालपर्फर्मेन्सको समस्या रहेको खुलेको छ । एन्युरिज्म भनेको एक अवस्था हो, जसमा मस्तिष्कको नसा सुन्निन्छ र यदि यो फुट्यो भने घातक स्ट्रोक हुनसक्छ । हास्यकलाकार कपिल शर्माको कार्यक्रममा सलमान आफैँले यो कुरा बताएका हुन् । सलमानले भने, “म अझै पनि गम्भीर स्वास्थ्य अवस्थासँग जुधिरहेको छु […]

Jun 23, 2025 - 09:30
 0
सलमान खानको मस्तिष्कमा गम्भीर समस्या

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मस्तिष्कमा एन्युरिज्म र एभी मालपर्फर्मेन्सको समस्या रहेको खुलेको छ ।

एन्युरिज्म भनेको एक अवस्था हो, जसमा मस्तिष्कको नसा सुन्निन्छ र यदि यो फुट्यो भने घातक स्ट्रोक हुनसक्छ ।

हास्यकलाकार कपिल शर्माको कार्यक्रममा सलमान आफैँले यो कुरा बताएका हुन् । सलमानले भने, “म अझै पनि गम्भीर स्वास्थ्य अवस्थासँग जुधिरहेको छु । हामी हरेक दिन हड्डी भाँचिरहेका छौं । करङ भाँचिएको छ । यी सबैका बाबजुद पनि म काम गरिरहेको छु ।”

एनडीटीभीको रिपोर्टअनुसार सलमानले पहिलो पटक सन् २०१७ मा दुबईमा फिल्म ‘ट्यूबलाइट’ को प्रमोशनको क्रममा आफ्नो रोग ट्राइजेमिनल न्यूराल्जियाको बारेमा कुरा गरेका थिए । यो एक स्नायु समस्या हो, जसमा अनुहारको स्नायुमा गम्भीर पीडा हुन्छ । यसका कारण बोल्ने, खाने र ब्रस गर्ने जस्ता सामान्य गतिविधिहरू पनि पीडादायी हुन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register