प्रकृति लम्साल मृत्यु प्रकरण : उच्चस्तरीय राजनीतिक संवाद गर्न माओवादी केन्द्रको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतको ओडिसा राज्यस्थित एक कलेजमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटनामा सरकारले उच्चस्तरीय संवाद सुरु गर्न माग गरेको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक माधव सापकोटाले तत्काल उच्चस्तरीय कूटनीतिक संवादबाट न्याय दिलाउन माग गरेका हुन् । नेपाल र नेपालीहरूमाथि विश्वविद्यालयले धावा बोलेको […]

काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतको ओडिसा राज्यस्थित एक कलेजमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटनामा सरकारले उच्चस्तरीय संवाद सुरु गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक माधव सापकोटाले तत्काल उच्चस्तरीय कूटनीतिक संवादबाट न्याय दिलाउन माग गरेका हुन् ।
नेपाल र नेपालीहरूमाथि विश्वविद्यालयले धावा बोलेको भन्दै माओवादीले तत्काल संवाद थाल्न सरकारको ध्यानाकर्षण गरेको छ ।
सापकोटाले सरकारकै कूटनीतिक असक्षमताको कारण अहिले पनि विद्यार्थीहरूले असुरक्षा र अपमानजनक व्यवहारको सामना गरिराख्नु परेको बताए ।
“न्यायको माग गर्दै आन्दोलन गर्नुभयो । आन्दोलनमा अपमानजनक, अमानवीय व्यवहार गरियो र सिङ्गो नेपाल र नेपाली जनताप्रति धावा बोलियो”, सापकोटाले भने, “हाम्रो दलबाट उक्त घटनाको घोर निन्दा र भर्त्सना गर्न चाहन्छु । सरकारले तत्काल उच्च स्तरीय राजनीतिक कूटनीतिक संवाद सुरु होस गर्न माग गर्दछु।”
What's Your Reaction?






