ललितपुरमा भारी वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौं । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ । विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स–साना खोलाहरुमा […]

Jun 25, 2025 - 03:01
 0
ललितपुरमा भारी वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौं । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ ।

विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स–साना खोलाहरुमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register