जसपाको समर्थन फिर्ता, राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको कार्यकारिणी समितिको निर्णयसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो। हाल राष्ट्रिय सभामा माओवादीका १८, कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपाका ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टी १, स्वतन्त्र १ र एमालेका ११ सदस्य छन्। समर्थन फिर्तापछि अब सरकारसँग राष्ट्रिय सभामा २८ […]

Jun 26, 2025 - 05:19
 0
जसपाको समर्थन फिर्ता, राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं ।

जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको कार्यकारिणी समितिको निर्णयसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो।

हाल राष्ट्रिय सभामा माओवादीका १८, कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपाका ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टी १, स्वतन्त्र १ र एमालेका ११ सदस्य छन्।

समर्थन फिर्तापछि अब सरकारसँग राष्ट्रिय सभामा २८ सदस्यको मात्र समर्थन बाँकी छ। जसपाले संविधान संशोधन, सुशासन, भ्रष्ट्राचार नियन्त्रण र आर्थिक समृद्धिमा सरकार गम्भीर नभएको आरोप लगाउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register