‘ओभरलोड’ ट्रक नियन्त्रण गर्न गृहमन्त्री लेखकको ‘ठाडो’ निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छिमेकी ‘ओभरलोड’ भएका मालवाहक सवारी सधान नियन्त्रणमा लिन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद् पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।  उनले छिमेकी मुलुकबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालवाहक सवारी साधनमा ‘ओभरलोड’ गर्न नदिन र ‘ओभरलोड’ भएका […]

Jun 26, 2025 - 05:14
 0
‘ओभरलोड’ ट्रक नियन्त्रण गर्न गृहमन्त्री लेखकको ‘ठाडो’ निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छिमेकी ‘ओभरलोड’ भएका मालवाहक सवारी सधान नियन्त्रणमा लिन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद् पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । 

उनले छिमेकी मुलुकबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालवाहक सवारी साधनमा ‘ओभरलोड’ गर्न नदिन र ‘ओभरलोड’ भएका ट्रकहरु पूर्ण रुपमा नियन्त्रणमा लिन निर्देशन दिएका छन् । 

देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन पनि गृहमन्त्री लेखकले निर्देशन दिएका छन् ।

गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सरोकारवालाहरु सहितको बैठकमा गृहमन्त्रीले यस्तो निर्देशन दिएका छन् । 

त्यस्तै, वर्षायाम सुरु भएसँगै सडक तथा विभिन्न स्थानमा हुनसक्ने दुर्घटनाका विषयमा चनाखो रहन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् । खासगरी वर्षायामको समयमा उद्दारकार्यका लागि अलर्ट रहन गृहमन्त्री सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register