बैंकिङ प्रणालीबाट पुन: ६० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंकमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले असार १८ गते बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न भएको हो । राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नियमित […]

Jul 2, 2025 - 07:08
 0
बैंकिङ प्रणालीबाट पुन: ६० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंकमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले असार १८ गते बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न भएको हो ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register