मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीन लाख मेट्रिक टन […]

Jul 2, 2025 - 12:17
 0
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए । 

‘आगामी आर्थिक वर्षमा मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ ।’, उनले भने, ‘आगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान भइसकेको छ ।’

त्यस्तै, उनले उन्नत बीउबिजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभाग अन्तर्गतका फर्महरुबाट विकास गरिएका उन्नत बिउहरु सहकारी, कृषकहरु, निजी कम्पनीहरुलाई उपलब्ध गराइएको पनि जानकारी दिएका छन् । 

स्वदेशी र स्थानीय बिउको प्रवर्द्धनका लागि एक सय ८० वटा स्थानीय तहका कृषकहरुलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान उपलब्ध गराउने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको पनि उनको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register