३४ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ३४.४२ अंकले बढेको छ । १.२९ प्रतिशतले बढेको बजार २६९४.८२ बिन्दुमा पुगेको छ । आज ८९ हजार पटकभन्दा बढी भएको कारोबारमा ९ अर्ब ७४ करोड ४८ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार कारोबार भएकामध्ये १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ वटाको […]

Jul 2, 2025 - 10:56
 0
३४ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ३४.४२ अंकले बढेको छ । १.२९ प्रतिशतले बढेको बजार २६९४.८२ बिन्दुमा पुगेको छ ।

आज ८९ हजार पटकभन्दा बढी भएको कारोबारमा ९ अर्ब ७४ करोड ४८ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार कारोबार भएकामध्ये १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ वटाको घटेको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register