झापामा कोकिनसहित दुई भारतीय युवा पक्राउ, चोरीको मोटरसमेत बरामद

झापा, १८ असार । झापाको कचनकवल गाउँपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला जियापोखर गिलाबारी का २३ वर्षीय मोहमद तौसिफ र उत्तर दिनाजपुर जिल्लाको मजलिसपुरका २१ वर्षीय प्रवेज आलम रहेका छन् । मंगलबार राति ८ः३० बजे मोजिमिल मियाँको जग्गा नजिकै शंकास्पद अवस्थामा फेला [...] The post झापामा कोकिनसहित दुई भारतीय युवा पक्राउ, चोरीको मोटरसमेत बरामद appeared first on Jhapa Online.

Jul 2, 2025 - 15:45
 0
झापामा कोकिनसहित दुई भारतीय युवा पक्राउ, चोरीको मोटरसमेत बरामद

झापा, १८ असार । झापाको कचनकवल गाउँपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला जियापोखर गिलाबारी का २३ वर्षीय मोहमद तौसिफ र उत्तर दिनाजपुर जिल्लाको मजलिसपुरका २१ वर्षीय प्रवेज आलम रहेका छन् ।

मंगलबार राति ८ः३० बजे मोजिमिल मियाँको जग्गा नजिकै शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरूले तजेमुल मियाँको खेतबाट पानी तान्ने मोटर चोरी गरी मजमुल मियाँको जग्गामा लुकाएर राखेको बताएका थिए ।

उनीहरूको तलासी गर्दा तौसिफको पेन्टको गोजीमा प्रतिबन्धित लागुऔषध कोकिन जस्तो देखिने सेतो धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ । तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित १.४२ ग्राम र प्लास्टिकबाहेक १.०८ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले सेतो पदार्थ र चोरी भएको ३ हर्सपावरको पानी तान्ने एक थान मोटरसहित दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ ।

The post झापामा कोकिनसहित दुई भारतीय युवा पक्राउ, चोरीको मोटरसमेत बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register