हिमताल फुटेको आशंका, महाशाखाले भन्यो – वर्षाको कारण भोटेकोसीमा बाढी आएको होइन

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षाको कारण भोटेकोसी नदीमा बाढी नआएको जनाएको छ । महाशाखाकाअनुसार भोटेकोसी जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा नै भएको छैन । “विश्व मौसम संगठनको Flash Flood Guidance System को Global HydroEstimator Satellite-based Precipitation Estimates अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन,” महाशाखाले भनेको छ । बरु, हिमताल […]

Jul 8, 2025 - 06:58
 0
हिमताल फुटेको आशंका, महाशाखाले भन्यो – वर्षाको कारण भोटेकोसीमा बाढी आएको होइन

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षाको कारण भोटेकोसी नदीमा बाढी नआएको जनाएको छ । महाशाखाकाअनुसार भोटेकोसी जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा नै भएको छैन ।

“विश्व मौसम संगठनको Flash Flood Guidance System को Global HydroEstimator Satellite-based Precipitation Estimates अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन,” महाशाखाले भनेको छ ।

बरु, हिमताल फुटेको आशंका छ । “भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरु अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आंकलनको लागि आज विहान ७ बजे Sentinel Asia Platform मा तत्कालको भू-उपग्रह तस्विर प्राप्त गर्न Emergency Observation Request (EOR) जारी गरिएको छ,” महाशाखाको विज्ञप्तिमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register