सामान्य अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्ब ८७ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २७३० को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका १ लाख ११ हजार ९१८ पटकको कारोबारमा २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 3, 2025 - 09:42
 0
सामान्य अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्ब ८७ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २७३० को विन्दुमा पुगेको छ ।

सोमबार ३१९ कम्पनीका १ लाख ११ हजार ९१८ पटकको कारोबारमा २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ ।

आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register