झापामा जन्ती बोकेको स्कुल बस दुर्घटनाः १३ जना घाइते, चालक नियन्त्रणमा

झापा, ३१ असार । सोमबार साँझ झापाको गौरीगंज गाउँपालिका–४ स्थित नयाँ बजार नजिकको गौरीगंज–अल्टामारी भित्री सडकखण्डमा जन्ती बोकेको स्कुल बस दुर्घटनामा परेको छ । सनकाईन इङ्लिस बोर्डिङ स्कुलको प्र.१–०१–००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार करिब ५० जन्तीमध्ये १३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई तत्कालै गौरीगंज आधारभूत अस्पतालमा [...] The post झापामा जन्ती बोकेको स्कुल बस दुर्घटनाः १३ जना घाइते, चालक नियन्त्रणमा appeared first on Jhapa Online.

Jul 15, 2025 - 03:56
 0
झापामा जन्ती बोकेको स्कुल बस दुर्घटनाः १३ जना घाइते, चालक नियन्त्रणमा

झापा, ३१ असार । सोमबार साँझ झापाको गौरीगंज गाउँपालिका–४ स्थित नयाँ बजार नजिकको गौरीगंज–अल्टामारी भित्री सडकखण्डमा जन्ती बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

सनकाईन इङ्लिस बोर्डिङ स्कुलको प्र.१–०१–००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार करिब ५० जन्तीमध्ये १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ८ जनालाई तत्कालै गौरीगंज आधारभूत अस्पतालमा उपचारका लागि पठाइएको छ भने अन्य ५ जनालाई बीएण्डसी अस्पताल, विर्तामोड तथा लाइफलाइन अस्पताल, दमकमा रिफर गरिएको छ।

दुर्घटनापछि राति १०स्२० बजे बस चालक सोरेन गिरी (उमेर करिब ४० वर्ष), स्थायी ठेगाना गौरीगंज गाउँपालिका–४,लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलको सडक दुईतर्फी रूपमा पुनः सुचारु गरिएको जनाइएको छ।

The post झापामा जन्ती बोकेको स्कुल बस दुर्घटनाः १३ जना घाइते, चालक नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register