झापाको कनकाईमा ढकाल बन्धुको महायज्ञ शुरु, सिक्किमका पूर्व कमिस्नार सीपी ढकालद्वारा उद्घाटन

कनकाई, ४ फागुन । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ शुरु भएको छ । विश्वशान्तिको कामनासहित ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले महायज्ञ आयोजना गरेको महायज्ञको सिक्किमका पूर्व कमिस्नार सीपी ढकालले उद्घाटन गर्नुभयो । उहाँले यस प्रकारका धार्मिक अनुष्ठानले विश्वमा शान्ति कायम गर्न मद्दत [...] The post झापाको कनकाईमा ढकाल बन्धुको महायज्ञ शुरु, सिक्किमका पूर्व कमिस्नार सीपी ढकालद्वारा उद्घाटन appeared first on Jhapa Online.

Feb 16, 2025 - 15:28
 0
झापाको कनकाईमा ढकाल बन्धुको महायज्ञ शुरु, सिक्किमका पूर्व कमिस्नार सीपी ढकालद्वारा उद्घाटन

कनकाई, ४ फागुन । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ शुरु भएको छ ।

विश्वशान्तिको कामनासहित ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले महायज्ञ आयोजना गरेको महायज्ञको सिक्किमका पूर्व कमिस्नार सीपी ढकालले उद्घाटन गर्नुभयो । उहाँले यस प्रकारका धार्मिक अनुष्ठानले विश्वमा शान्ति कायम गर्न मद्दत मिल्नुका साथै सम्पूर्ण मानव जातिको कल्याण हुने बताउनुभयो ।

ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सिक्किमका पूर्व कमिस्नार सीपी ढकाल, समाजका अध्यक्ष डिल्लीराम ढकाल लगायतले उनीहरुलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

महायज्ञ उद्घाटन अघि पवित्र कनकाई नदीको जलले भरिएको कलश यात्रासहितको ¥याली निकालिएको थियो । नौमति बाजासहित धुमधामधका साथ निकालिएको ¥याली महायज्ञस्थलदेखि शुरु भएर सुरुङ्गा बजार परिक्रममा गरी पुनः महायज्ञस्थलमा सम्पन्न भएको थियो ।

आजदेखि महायज्ञ एवम् शिव महापुराण आरम्भ भएको छ । भोलि ५ गते अरणी मन्थन, अग्नि स्थापना एवम् हवन प्रारम्भ, दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि ५ बजे सम्म नित्यहवन सङ्कल्पिक, लघ, मध्यम र सतमन्त्रीय हवन, ग्रह शान्ति, दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म नित्य पूजा, बिहान ७ बजेदेखि १० बजेसम्म पाठपारायण हुनेछ ।

बिहान १० देखि १२ बजेसम्म पुराणाचार्य पण्डित दुर्गाप्रसाद ढकाल, पं. डेगनाथ ढकाल, पं. घनश्याम ढकाल, पं. सुवास ढकाल, पं. तिर्थराज ढकाल, पं. गणेश ढकालद्वारा १२ बजेदेखि दिउँसो २ बजेसम्म नेपालका र अन्य देशका विद्वान अलग–अलग गुरुहरुबाट हिमवत खण्डभित्र नेपाल महत्व, नेपालका तीर्थ नदी र धाम एवम् ज्ञान विज्ञानका विषयमा प्रवचन, २ बजेदेखि सगितमय शिव पुराण सम्बन्धी प्रवचन साँझ ६ बजेदेखि ७ बजेसम्म गंगा आरती, साँझ ७ बजेदेखि ९ बजेसम्म कथा माहात्मय एवम् ज्ञान मञ्च भजन कीर्तन, झाँकी, अतिथि सम्मान कार्यक्रम रहनेछ । फागुन १५ गते विश्राम, पूर्णाहुती, समापन, तिलक प्रसाद वितरण एवं सम्मान कार्यक्रम गरी अनुष्ठान सम्पन्न गरिनेछ ।

भक्तजनको इच्छा अनुसार तुलादान, विवाह, धान्यन्वल, व्रतबन्ध, लक्ष्यवतीका प्रज्वलन, चौराशी पूजा, नौ ग्रहको पूजा, चिना हेर्ने, इच्छुक व्यक्तिले कर्ता बस्न सकिने, ढकाल बन्धुका एकमात्र कुलका धामी ढाक अक्षामका देवानन्द ढकाल र कुलका पुजारी चन्द्रकान्त ढकालद्वारा जोखाना हेर्ने, झारफुक गर्ने र कुलको विषयमा पूजापाठ सम्बन्धि ज्ञान उपलब्ध गराइनेछ भने महायज्ञमा श्रद्धापूर्वक सहयोग गर्ने दानविर दातालाई सम्मान गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

महायज्ञमा ढकाल बन्धुसहित अन्य धर्मानुरागी महानुभावहरुले सहभागी भएर पूण्य आर्जन गर्न सकिनेछ । आजदेखि शुरु भएको यो धार्मिक अनुष्ठान फागुन १५ गतेसम्म चल्ने छ । ११ दिवसीय अनुष्ठानमा करिब चार लाख ५० हजार धर्मानुरागीको उपस्थिति हुने आयोजकको अनुमान छ ।

नेपालमा करिब सात–आठ लाख र विश्वभरि करिब २४–२५ लाख ढकाल बन्धुहरु छरिएर रहनुभएको समाजका उपाध्यक्ष एवम् वंशावली निर्माण समितिका संयोजक उमानाथ ढकालले बताउनुभयो । देशभर १७ वटा ढकाल बन्धुका संस्था दर्ता रहेको र हालसम्म ढकाल बन्धुहरुको २५ पुस्तासम्म रहेको विवरण संकलित भएको उहाँले बताउनुभयो ।

उपमन्यु ऋषिका सन्तानका रुपमा रहेका ढकाल बन्धुहरुलाई एकसुत्रमा बाँध्नका लागि समेत महायज्ञको आयोजना गर्न लागिएको उहाँ बताउनुहुन्छ । सरकारले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने लागेको र देशभरका ८२ वटा गन्तव्यमध्ये कोटिहोम पनि एउटा रहेकाले यहाँको धार्मिक पर्यटनलाई प्रबद्र्धनमा समेत महायज्ञले टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महायज्ञ सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महायज्ञबाट करिब ६० देखि ७० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । अनुष्ठानबाट बचत भएको रकमबाट ढकाल बन्धुको भवनको माथिल्लो तलामा धर्मशाला निर्माण गर्ने योजना आयोजकको छ । महायज्ञमा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया लगायत विश्वभर रहेका ढकाल बन्धुहरुको सहभागिता रहने अध्यक्ष ढकालले बताउनुभयो ।

The post झापाको कनकाईमा ढकाल बन्धुको महायज्ञ शुरु, सिक्किमका पूर्व कमिस्नार सीपी ढकालद्वारा उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register