अमेरिकामा ट्रम्पको नयाँ कर नीतिको प्रभाव, राजस्व तीनगुणा वृद्धि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीतिको प्रभाव अमेरिका देखिन थालेको छ । अत्यधिक करका कारण अमेरिकी सरकारको राजस्व उल्लेख्य रूपमा बढेको बीबीसीले खबर लेखेको छ । ट्रम्पले दोस्रो कार्यकालमा फर्किएपछि विश्व व्यापार प्रणालीमा ठूलो झट्का दिएका छन्। उनले २ अप्रिलमा ‘लिबरेशन डे’ को अवसर पारेर विश्वभरका दर्जनौं देशहरूविरुद्ध ‘प्रतिशोधात्मक’आयात कर घोषणा गरेका […]

Jul 31, 2025 - 02:11
 0
अमेरिकामा ट्रम्पको नयाँ कर नीतिको प्रभाव, राजस्व तीनगुणा वृद्धि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीतिको प्रभाव अमेरिका देखिन थालेको छ । अत्यधिक करका कारण अमेरिकी सरकारको राजस्व उल्लेख्य रूपमा बढेको बीबीसीले खबर लेखेको छ ।

ट्रम्पले दोस्रो कार्यकालमा फर्किएपछि विश्व व्यापार प्रणालीमा ठूलो झट्का दिएका छन्। उनले २ अप्रिलमा ‘लिबरेशन डे’ को अवसर पारेर विश्वभरका दर्जनौं देशहरूविरुद्ध ‘प्रतिशोधात्मक’आयात कर घोषणा गरेका थिए ।

तर त्यसपछि ट्रम्पले बेलायत, भियतनाम, जापान र युरोपियन युनियनसहितका केही साझेदारहरूसँग व्यापार सम्झौता गर्दै केही करहरू भने घटाएका छन्।

विशेष गरी गाडी तथा फलाम–इस्पात जस्ता वस्तुहरूमा अमेरिकी सरकारले उद्योग–विशेष करहरू लगाएको छ। यसको कारण अमेरिकाको औसत कर दर करिब एक शताब्दीयताकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

अमेरिकी कम्पनीले तिर्दै आएका छन् कर
यी करहरूको खर्च  ती अमेरिकी कम्पनीहरूले तिर्नुपर्छ, जसले विदेशबाट सामान आयात गर्छन्। यसको असर अमेरिकी उपभोक्तादेखि अन्तर्राष्ट्रिय बजारसम्म व्यापक देखिन थालेको छ।

ट्यारिफबाट अमेरिकाको राजस्व तीनगुणा वृद्धि
याले विश्वविद्यालय (Yale University) को ‘बजेट ल्याब’ का अनुसार सन् २०२५ जुलाई २८ सम्म अमेरिकी आयात वस्तुहरूमा लागू औसत कर  दर १८.२ प्रतिशत  पुगेको छ, जुन सन् १९३४ यताकै उच्च हो। यो दर ट्रम्प पुनः राष्ट्रपति बन्नु अघि सन् २०२४ मा केवल २.४ प्रतिशत थियो  ।

अत्यधिक करका कारण अमेरिकी सरकारको राजस्व उल्लेख्य रूपमा बढेको छ। आधिकारिक तथ्यांकअनुसार २०२५ को जुन महिनामा अमेरिकी सरकारले करबाट २८ अर्ब डलर राजस्व संकलन गर्‍यो, जुन सन् २०२४ को मासिक राजस्वको तुलनामा तीनगुणा बढी हो।

ट्रम्पको कर नीतिले एकातर्फ अमेरिकी सरकारको आम्दानी बढाएको भए पनि अर्कोतर्फ उपभोक्तामाथि मूल्यवृद्धि र उद्योगहरूमाथि लागत बढाउने असर पारेको छ। यसले आगामी दिनमा अमेरिका र विश्वव्यापी आर्थिक सम्बन्धहरूमा थप अस्थिरता ल्याउने सम्भावना देखिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register