ट्र्याक्टर दुर्घटनामा २ जनाको ज्यान गयो

दाङ, १५ साउन । दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा [...] The post ट्र्याक्टर दुर्घटनामा २ जनाको ज्यान गयो appeared first on Jhapa Online.

Jul 31, 2025 - 09:21
 0
ट्र्याक्टर दुर्घटनामा २ जनाको ज्यान गयो

दाङ, १५ साउन । दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

तुलसीपुरबाट बिजौरीतर्फ गुडिरहेको रा १ त ३४७८ नम्बरको खाली ट्र्याक्टर आज बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो । प्रहरीले ट्र्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको छ ।

The post ट्र्याक्टर दुर्घटनामा २ जनाको ज्यान गयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register