दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा बिहीबार बिहान रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमिल्सिनाले नेपालभ्युजलाई जानकारी दिए । ट्याक्टरले थिचेको अवस्थामा उनीहरुको उद्दार गरिएको थियो […]

Jul 31, 2025 - 09:22
 0
दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा बिहीबार बिहान रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमिल्सिनाले नेपालभ्युजलाई जानकारी दिए ।

ट्याक्टरले थिचेको अवस्थामा उनीहरुको उद्दार गरिएको थियो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको एसपी तिमिल्सिनाले बताए ।

घटनामा सोही स्थानका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको एसपी तिमिल्सिनाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register