सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ

काठमाडौं, १५ साउन । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका–२ [...] The post सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ appeared first on Jhapa Online.

Jul 31, 2025 - 09:36
 0
सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ

काठमाडौं, १५ साउन । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा(१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाणसहित दबाब बढेपछि पक्राउ परेका थिए ।

उनीसहितको टोलीलाई प्रहरीले त्यसबेला हतकडीसहित थुनुवा पोशाकमा ठमेल घुमाएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य सानुभाइमाथि विभिन्न मुद्दा छन् ।

The post सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register