राष्ट्रिय आविष्कार केन्द्रलाई नेफिन बेलायतद्वारा पाँच लाख रुपैयाँ सहयोग

May 24, 2023 - 01:19
 0
राष्ट्रिय आविष्कार केन्द्रलाई नेफिन बेलायतद्वारा  पाँच लाख रुपैयाँ सहयोग
राष्ट्रिय आविष्कार केन्द्रलाई नेफिन बेलायतद्वारा  पाँच लाख रुपैयाँ सहयोग

काठमाडौँ  । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । 

नेफिन युकेले  मङ्गलवार नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) सङ्घीय समितिमार्फत केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको सङ्घीय कार्यालय काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । 

त्यस अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महावीर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताउनुभयो । केन्द्रले मुलुकभित्रै महत्त्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उहाँले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गर्नुभयो । 

त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताउनुभयो । 

अभियानबारे अझै पनि धेरैले नबुझेको भन्दै उहाँले अभियानको वास्तविकता धेरैले नबुझेको समेत बताउनुभयो ।  'राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ । अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छ' , उहाँले भन्नुभयो, 'केहीले यस विषयमा नबुझेर नै टीकाटिप्पणी पनि गरिरहनुभएको छ । यो अभियान २/४ वर्षको प्रोजेक्ट होइन । यसको क्षेत्र बृहत् छ । यसको समय अनन्त कालसम्मको छ । यसको वास्तविकता बुझाउन आवश्यक छ ।

यसैगरी, सो अवसरमा महासङ्घका सङ्घीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्त्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रूपले सहभागी हुनुपर्ने बताउनुभयो । आफ्नै प्रयासमा आफ्नै देशभित्र महावीर पुनले सुरु गरेको अभियान महत्त्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उहाँको उद्देश्य पुरा गराउन महासङ्घको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उहाँले उक्त सम्झौता कार्यान्वयन नभए महासङ्घलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'उहाँ(महावीर पुन)ले आफ्नो देशमा सुरु गरेको अभियान राम्रो छ । उहाँहरू लाग्नुभएको छ भनेपछि केही न केही महत्त्व छ । उहाँहरूको उद्देश्य पुरा गराउन हामी लाग्छौँ', अध्यक्ष शेर्पाले भन्नुभयो, 'सरकार र केन्द्रबीच हालै भएको सम्झौता कार्यान्वयन पक्कै हुनेछ । यदि कार्यान्वयन भएन भने हामीलाई खबर गर्नुहोला । त्यसमा हामी पहलकदमी गर्छौ ।'

साे अवसरमा नेफिनका महासचिव दिवस राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1