आजको मौसम : मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने

May 24, 2023 - 01:27
 0
आजको मौसम : मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
आजको मौसम : मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1