एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपालले आज भारतसँग खेल्दै
काठमाडाैं । काठमाडाैंमा जारी एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचकाे खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दिउँसाे ३ बजे सुरु हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ । नेपाल र भारतको समान ६ अंक छ ।
मंगलबार भएको आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपाली एक खेल अगावै सेमिफाइनलमा पुगेकाे छ । पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
भारतले पनि किर्गिस्तान र बंगलादेशलाई हराएकाे थियाे । किर्गिस्तान र बंगलादेश भने लगातार दुई हारसँगै समूह चरणबाट बाहिरिएका छन् ।
प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान छन् ।
What's Your Reaction?






