व्यापारीलाई सहयोग पुग्नेगरी बजेट निर्माण: केपी ओली

Jun 6, 2023 - 08:36
 0
व्यापारीलाई सहयोग पुग्नेगरी बजेट निर्माण: केपी ओली
व्यापारीलाई सहयोग पुग्नेगरी बजेट निर्माण: केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यापारीलाई सहयोग पुग्नेगरी बनाइएको आशंका व्यक्त गर्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उहाँले सरकारले लिएको आर्थिक वृद्धिदर पूरा नहुने बताउनुभयो ।

करका दरमा व्यापारीको अनुहार देखिने भन्दै उहाँले  हरेक क्षेत्रमा विचौलियाको प्रवेश देखिएको बताउनुभयो । यसलाई नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ । बजेट निर्माणमा पूर्वनासु रामकृष्ण केसीको सहभागिताबारे दिएको जवाफप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा दिएको भन्दै उहाँले आयातभन्दा पनि देशभित्रकै खानी प्रशोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1