व्यापारीलाई सहयोग पुग्नेगरी बजेट निर्माण: केपी ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यापारीलाई सहयोग पुग्नेगरी बनाइएको आशंका व्यक्त गर्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उहाँले सरकारले लिएको आर्थिक वृद्धिदर पूरा नहुने बताउनुभयो ।
करका दरमा व्यापारीको अनुहार देखिने भन्दै उहाँले हरेक क्षेत्रमा विचौलियाको प्रवेश देखिएको बताउनुभयो । यसलाई नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ । बजेट निर्माणमा पूर्वनासु रामकृष्ण केसीको सहभागिताबारे दिएको जवाफप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा दिएको भन्दै उहाँले आयातभन्दा पनि देशभित्रकै खानी प्रशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
What's Your Reaction?






