दक्षिण अफ्रिकाको त्यो निर्णय, जसले अमेरिकालाई क्रूद्ध बनायो

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई ​​देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । यो जानकारी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समार्फत दिएका हुन् । उनले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाएका छन् । “हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा दक्षिण अफ्रिकी राजदूतलाई अब स्वागत छैन । इब्राहिम रसूल एक जातिवादी […]

Mar 15, 2025 - 08:23
 0
दक्षिण अफ्रिकाको त्यो निर्णय, जसले अमेरिकालाई क्रूद्ध बनायो

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई ​​देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । यो जानकारी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समार्फत दिएका हुन् ।

उनले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाएका छन् ।

“हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा दक्षिण अफ्रिकी राजदूतलाई अब स्वागत छैन । इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन्, जसले संयुक्त राज्य अमेरिका र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन्,” रुबियोले लेखेका छन्, “हामीलाई उनीसँग केही कुरा गर्नु छैन, त्यसैले उनलाई अस्वीकार्य व्यक्ति मानिन्छ ।”

दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यालयले शनिबार यो निर्णय “खेदजनक” भएको बताएको छ । कार्यालयले अमेरिकासँग पारस्परिक रूपमा लाभदायक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध रहेको पनि बताएको छ । हालै दुई देशबीच तनाव बढेको बेला अमेरिकाले यो कदम चालेको हो ।

अमेरिकी विदेशमन्त्री रुबियोको एक्स पोष्टमा दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूलले ट्रम्प प्रशासनको बारेमा दिएको एक वक्तव्य समावेश छ, जुन रसूलले अनलाइन व्याख्यानमा दिएका थिए ।

रसूलले भनेका थिए, “डोनाल्ड ट्रम्पले जे गरिरहेका छन्, त्यो सत्तामा रहेका मानिसहरूमाथि आक्रमण हो । उनी देश र विदेशमा सत्तामा रहेका मानिसहरूविरुद्ध भीडलाई एकताबद्ध गरिरहेका छन् ।”

उनले थपे, “तथ्याङ्कले अमेरिकामा ठूलो जनसाङ्ख्यिकीय परिवर्तन भएको देखाउँछ, जसले गर्दा अहिले ४८ प्रतिशत मतदाता गोरा छन् ।”

जवाफमा रुबियोले रसूललाई ​​”नचाहिने व्यक्ति” भने ।

वास्तवमा ट्रम्प सत्तामा आएपछि अमेरिका र दक्षिण अफ्रिकाबीच तनाव निरन्तर बढ्दै गएको छ ।

विज्ञको प्रतिक्रिया

वरिष्ठ अनुसन्धानकर्ता स्कट फर्शिङ भन्छन्, “दक्षिण अफ्रिकी राजदूत रसूल कमजोर छनोट थिए । उनका हालैका भनाइ र ट्र्याक रेकर्डले यो कुरालाई सङ्केत गर्छ । पछिल्ला वर्षहरूमा दक्षिण अफ्रिकाले संयुक्त राज्य अमेरिकालाई बारम्बार रिस उठाएको छ ।”

“यसमा हमासलाई दक्षिण अफ्रिकाको समर्थन र इजरायललाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने साथै इरान, चीन र रूससँग सम्बन्ध बढाउने कदमहरू समावेश छन्,” फर्शिङले थपे, “जब दुई राष्ट्रहरू बीच बलियो कूटनीतिक सम्बन्ध हुँदैन र तनाव बढाउने यस्ता कदमहरू चालिन्छन्, तब यस्ता कार्यहरू हुनु स्वाभाविक हो । तपाईं बुझ्न सक्नुहुन्छ किन अमेरिकी राष्ट्रपति ट्रम्प, विदेशमन्त्री मार्को रुबियो र अमेरिकी अधिकारीहरू दक्षिण अफ्रिकासँग रिसाएका छन् ।”

यसैबीच, बेलायती-अमेरिकी पत्रकार मेहदी हसनले गत महिना आफ्नो कार्यक्रम मेहदी अनफिल्टर्ड अन एक्सको क्लिप साझा गरे । यसमा उनले अमेरिकाका लागि दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूलसँगको कुराकानीको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “इब्राहिम रसूलले मलाई भनेका थिए – दक्षिण अफ्रिकामा बस्दा हामीले जे अनुभव गर्यौं (रङ्गभेद) प्यालेस्टाइनमा पनि जारी छ । रङ्गभेदको अवधारणा पूर्ण रूपमा विस्तार गरिएको छ ।”

सेन्टर फर स्ट्राटेजिक लिडरशिपका प्रमुख सल्लाहकार सेन्डिले स्वानाले पनि यस विषयमा आफ्नो विचार व्यक्त गरे ।

“आगामी छ हप्तामा धेरै ANC र EFF नेताहरूले प्रतिबन्धहरूको सामना गर्नुपर्नेछ । अमेरिकाले अब दक्षिण अफ्रिकाले पहिले गरेका कारबाहीहरूको आधारमा प्रतिशोधात्मक कारबाही गरिरहेको छ,” उनी भन्छन् ।

“इजरायल अमेरिकाको प्रमुख सहयोगी हो । दक्षिण अफ्रिकाले इजरायलमाथि नरसंहारको आरोप लगाएको छ । यसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रिय न्याय अदालतको ढोका ढकढक्यायो,” उनले भने, “यसपछि प्रधानमन्त्री नेतान्याहू र योभ गालान्टविरुद्ध पनि पक्राउ वारेन्ट जारी गरिएको थियो ।”

दक्षिण अफ्रिकाको त्यो निर्णय

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले जनवरी २०२५ मा एक विधेयकमा हस्ताक्षर गरे । यसअन्तर्गत राज्यलाई क्षतिपूर्ति बिना जग्गा अधिग्रहण गर्न अनुमति दिइनेछ । यद्यपि, उनको सरकारका केही सदस्यहरू यस कदमसँग सहमत भएनन् ।

दक्षिण अफ्रिकामा रङ्गभेदको अवधारणा समाप्त भएको ३० वर्षभन्दा बढी समय बितिसकेको छ । यसको बावजुद काला मानिसहरूसँग खेतीयोग्य जमिनको सानो भाग छ । जबकि धेरैजसो जग्गा गोरा मानिसहरूको स्वामित्वमा छ ।

यसमा सुधारको गति धेरै सुस्त भएको छ, त्यसैले मानिसहरू यसप्रति रिसाएका र क्रोधित छन् ।

राष्ट्रपति रामाफोसाको पार्टी एएनसीले यो कानूनलाई देशमा परिवर्तनको ‘कोसेढुङ्गा’ भनेर वर्णन गरेको थियो । यसैबीच गठबन्धन सरकारका केही सदस्यहरूले यस विषयमा अदालत जान सक्ने बताए ।

यस निर्णयको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामाथि मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

उनले भने, “यसले गोरा किसानहरूको जग्गा “जफत” गर्नेछ ।”

ट्रम्पले यो कदमलाई गोरा किसानविरुद्ध चालिएको कदमको रूपमा वर्णन गरेका थिए । यसपछि उनले दक्षिण अफ्रिकालाई दिइँदै आएको सहयोग बन्द गरे ।

“दक्षिण अफ्रिकाले जग्गा कब्जा गरिरहेको छ र केही वर्गका मानिसहरूलाई धेरै नराम्रो व्यवहार गरिरहेको छ,” ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए ।

गत फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई अमेरिकी सहायता रोकेका थिए । गत हप्ता ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिने भन्दै तनावलाई अझ बढाए ।

ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै भनेका थिए, “सुरक्षाको कारणले देश छोड्न चाहने कुनै पनि दक्षिण अफ्रिकी किसान (परिवारसहित) लाई नागरिकतासहित अमेरिका आमन्त्रित गरिनेछ ।”

-बीबीसीबाट

अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूतलाई ​​देश निकाला

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register