सरकारलाई धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ : अध्यक्ष ओली

Jun 6, 2023 - 08:54
 0
सरकारलाई धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ : अध्यक्ष ओली
सरकारलाई धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ : अध्यक्ष ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर बहकिन थालेको बताउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा आफ्ना भनाइ राख्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ। अहिले मानिस दृष्टिगोचर भएका छैनन् तर कोही त छ गाँजा खेतीको पछि लाग्ने । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? गाँजा खेती कसले गर्न खोज्दैछ किन गर्न खोजेको हो ? जनताले गाँजा खेती गरेका छैनन्, कहीँ कहीँ भएको पनि होला।’

उहाँले प्राकृतिक रुपमा उब्जिएको गाँजाले जीविका चलाउँदा मान्छे जेल जाने गरेको सुनाउनु भयो। गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.