म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधि

Jun 11, 2023 - 01:06
 0
म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधि
म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधि

काठमाडौँ। इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियनसिप लिगको उपाधि हासिल गरेको छ ।टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जीत हासिल गरेको हो ।

शनिवार राती एटाटर्क ओलम्पिया स्टेडियममा शनिवार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औँ मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधिका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षबाट कुनै गोल निस्कन नसक्दा खेल १–० मा टुङ्गिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो । 

पहिलो पटक च्याम्पियनसिप लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इङ्लिस प्रिमियर लिग र एफए कपको उपाधिमा पनि जीत हासिल गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1