भन्सार छलीमा सरकारका मान्छे खटिएका छन् : पदम गिरी

Jun 11, 2023 - 07:18
 0
भन्सार छलीमा सरकारका मान्छे खटिएका छन् : पदम गिरी
भन्सार छलीमा सरकारका मान्छे खटिएका छन् : पदम गिरी

कठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरीले गठबन्धन सरकारले करको दर हेरफेर गर्न नयाँ कर्मचारी राखेर काम गरेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले कांग्रेस र माओवादीको गठबन्धन दुई वर्षदेखि सरकारमा रहेको बताउँदै गिरीले आजको देशको अवस्था कस्तो भएको छ ? भन्दै प्रश्न गर्नुभयो । 

१४ खर्ब राजश्व संकलन गर्ने लक्ष राखेकोमा ८ खर्ब रकम पनि संकलन गर्न नसकेको सरकार असफल भएको उहाँले बताउनुभयो । ‘यो सरकारको असक्षमता देश र दुनियाँलाई थाहा हुनु पर्छ कि पर्दैन ?’, उहाँले भन्नुभयो । 

सकारले सेटिङमा राखिएका बिचौलिया भन्सार छलीमा संलग्न भएका कारण सोचे अनुसार राजश्व संकलन हुन नसकेको उहाँले दाबी गर्नुभयो । ‘भन्सार छल्ने काममा सरकारका मान्छेहरू लागेका छन्’, गिरीले भन्नुभयो । 

अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको देशले आउने आर्थिक वर्षमा १२ खर्ब राजश्व संकलन गर्ने कुरा गर्नु हास्यास्पद भएको उहाँले बताउनुभयो । यो लक्ष कुनै पनि हालतमा प्राप्त हुन नसक्ने गिरीले बताउनुभयो । देशमा अवस्था अहिले कहालीलाग्दो अवस्थामा रहेको उहाँले प्रष्ट पार्नुभयो । 

आउने एक वर्ष देशमा कुनै विकास हुने अवस्था नरहेको गिरीले बताउनुभयो । आउने एक वर्ष विकासमा होलिडे हुने उहाँको भनाइ छ । हिजो केपी ओली सरकारले सुरु गरेका कामलाई निरन्तरता दिए मात्रै पनि देश समाजवादको बाटोमा अघि बढ्ने उहाँले दाबी गर्नुभयो । तर सरकारले ती कार्यक्रमलाई समेत निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । अहिले सरकार दृष्टिकोणहीन भएको गिरीको भनाइ छ । 

नेकपा एमाले अहिले सत्तामा नभए पनि देशको राजनीति एमाले वरिपरि घुमिरहेको उहाँले बत्ताउनुभयो । देशका समस्या सम्बोधन गर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1