राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी बैठक : ७३४ वटै वडामा कमिटी गठन र अधिवेशन गर्ने

Jun 11, 2023 - 08:10
 0
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी बैठक : ७३४ वटै वडामा कमिटी गठन र अधिवेशन गर्ने
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी बैठक : ७३४ वटै वडामा कमिटी गठन र अधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको तेस्रो बैठक अत्तरिया कैलालीमा सम्पन्न भएको छ । संघका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यता तथा सुदूरपश्चिम प्रदेश कमिटी संयोजक भरत मल्लको अध्यक्षतामा भएको बैठकले प्रदेश कमिटीको कार्य विभाजन गरेको छ । 

बैठकमा राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय अध्यक्ष बचन सिंह, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव विनय शाह, केन्द्रीय कोषाध्यक्ष राकेश राई लगायतको सहभागिता रहेको थियो । बैठकले नेक्स्ट इलेक्सन टार्गेट न्यु जेनेरेसनलाई लक्षित गरी कार्य विभाजन गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रत्येक पालिकामा खटिने नेहरुको जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । 

यसैगरी सुदूरपश्चिम प्रदेशका ७ सय ३४ वटै वडामा राष्ट्रिय युवा संघ नेपालको भेला, कमिटी गठन र अधिवेशन गर्ने गरी जिम्मेवारी तोकिएको पनि उहाँले जानकारी दिनुभयो । अधिवेशन हुन बाँकी पालिका र जिल्लामा अधिवेशन सकेर प्रदेश अधिवेशन गर्ने बैठक निर्णय गरेको छ । 

सो अवधिमा सदस्यता वितरण र प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । ‘पालिका स्तरदेखि, जिल्ला र प्रदेश स्तरसम्म यस बिचमा प्रशिक्षण कार्यक्रमहरू हुने छन्’, उहाँले भन्नुभयो । 

जननेता मदन भण्डारीको जन्म जयन्ती सम्भव भएसम्म सबै पालिकामा मनाउने र जिल्ला स्तरमा भने अनिवार्य रूपमा मनाउने निर्णय बैठकले गरेको छ । सो कार्यक्रम प्रदेशमा विशेष कार्यक्रमका रूपमा गर्ने निर्णय बैठकले गरेको छ । 

यसै गरी सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रिय युवा संघ नेपालको विपत् व्यवस्थापन टिम गठन भएको छ । सो टिमलाई थप प्रशिक्षित गराई विपतको बेलामा परिचालन गर्ने बैठकले निर्णय गरेको छ । यस बाहेक अन्य विविध रचनात्मक काम गर्ने पनि बैठकले निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1