देउवाको भारत भ्रमण अकस्मात् स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तरप्रदेश सरकारको  आयोजनामा प्रयागराजमा हुने कार्यक्रममा वक्ताका रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । देउवा बिहीवार जाने तय भएपछि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो । तर बिहीवार बिहान देउवाले अकस्मात उक्त भ्रमण स्थगित गरेका हुन् । कार्यक्रममा पहिले परराष्ट्रमन्त्री […]

Feb 20, 2025 - 06:35
 0
देउवाको भारत भ्रमण अकस्मात् स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तरप्रदेश सरकारको  आयोजनामा प्रयागराजमा हुने कार्यक्रममा वक्ताका रूपमा देउवालाई आमन्त्रण गरिएको थियो ।

देउवा बिहीवार जाने तय भएपछि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो ।

तर बिहीवार बिहान देउवाले अकस्मात उक्त भ्रमण स्थगित गरेका हुन् ।

कार्यक्रममा पहिले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई निमन्त्रणा गरिएको थियो । तर राणाको भ्रमण तयारीकै बीचमा देउवालाई उक्त कार्यक्रममा जाने प्रवन्ध मिलाइएको थियो ।

एमाले र का‌ंग्रेसको सरकारले चीनसँग बीआरआईमा हस्ताक्षर गरेपछि देउवासँग भारतको सम्बन्ध चिसिएको अनुमान गरिएको थियो । सोही सम्बन्धलाई सुधारका लागि भनेर देउवा यसपटक भारत भ्रमणमा जान चाहेका थिए । उनले प्रयागराजको कुम्भमेलामा जानका लागि दिल्लीको बाटो रोजेका थिए ।

त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस. जयशंक र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्ने चाहना भारतीय पक्षसँग राखेका थिए । उक्त भेटको लागि समय नमिलेपछि देउवाको भारत भ्रमण स्थगित भएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register