हेटौंडामा प्रदेशस्तरीय युवा सम्मेलन हुँदै

Jun 15, 2023 - 04:13
 0
हेटौंडामा प्रदेशस्तरीय युवा सम्मेलन हुँदै
हेटौंडामा प्रदेशस्तरीय युवा सम्मेलन हुँदै

काठमाडाैं । वाग्मती प्रदेशकाे राजधानी हेटाैंडामा दुई दिने प्रदेश युवा सम्मेलन हुने भएको छ ।वाग्मती प्रदेश युवा परिषद्को आयोजनामा आगामी असार ११ र १२ गते हेटौंडामा प्रदेश युवा सम्मेलन हुन लागेकाे हाे । सम्मेलनका लागि तयारी थालिसकिएकाे परिषद्ले जनाएकाे छ । परिषद्ले जेठ २९ गते पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइसकेकाे छ ।

वाग्मती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार, नवप्रवर्तन, उद्यमशीलता र व्यक्तित्व विकास गर्न सम्मेलन आयोजना गर्न लागिएकाे हाे ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० जना युवाको सहभागिता रहनेछ । सम्मेलनमा ५ वटा सत्र सञ्चालन गरिने परिषद्ले जनाएकाे छ ।

सम्मेलनको पहिलो सत्रमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तर्क्रिया गर्नुहुनेछ । दोस्रो सत्रमा गिरिराज त्रिपाठीले सूचना प्रविधिका विषयमा युवाहरूसँग छलफल गर्नुहुनेछ ।

सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाईंसँगको सहकार्यमा लेखक तथा विश्लेषक केशव दाहालले अन्तर्क्रिया गर्नुहुनेछ । उद्यम एवं व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा. सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अनुभव सुनाउनुहुने कार्यक्रम तय छ ।

सन्तोष सिग्देल र उज्ज्वल आचार्यले सामाजिक सञ्जालका विषय तथा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा छलफल तथा अन्तर्क्रिया गर्नुहुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1