न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । जारी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ । दक्षिण अफ्रिका समुह बी को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समुह ए को […]

Mar 5, 2025 - 10:01
 0
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं ।

न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । जारी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिका समुह बी को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समुह ए को उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्युजील्याण्डले समुह चरणमा एक खेलमा हार बेहोरेको थियो । दुवै देशबीच हेड टू हेडको कुरा गर्दा दक्षिण अफ्रिका र न्यूजील्याण्डबीच अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजील्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।

यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलको विजेताले मार्च ९ मा हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतसँग खेल्ने छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register