नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

Jun 15, 2023 - 04:06
 0
नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै
नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र फिलिपिन्सबीचकाे खेल मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।साफअघि नेपाली टाेली फिलिपिन्स भ्रमणमा गएकाे हाे । याे खेललाई फिफाले अन्तर्राष्ट्रिय मान्यता समेत दिएकाे छ ।

नेपालले असार ६ गतेदेखि दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप खेल्दैछ । १४औं संस्करणकाे साफ भारतकाे बेंग्लाेरमा हुँदैछ । नेपाली टोली फिलिपिन्सबाट साफ च्याम्पियनसिपमा सहभागी हुन भारत जानेछ ।

साफ च्याम्पियनसीपमा नेपाल समूह 'ए' मा छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंका सहभागी हुने छैन । प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले भने आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउनेछन् ।

नेपालले पहिलो खेल असार ६ गते कुवेतसँग खेल्नेछ । नेपालले असार ९ गते आयोजक भारत र असार १२ मा पाकिस्तानसँग खेल्नेछ ।

माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1