ब्यक्तिगत बिचारशिला

Jan 30, 2022 - 03:56
 0

व्यक्तिगत  विचारशिला 
मानिस जन्म लिनु कुनै ठुलो कुरा होईन अहिले, पहिले, र भोलि पनि यो क्रम चलिरहनेछ ! जन्म लिन्छ मृत्यु वरण गर्छ अनि उ यो आफ्नो अस्तित्वमा समाहित हुन्छ यो आज के कयौं  शताब्दी , वर्षौ वर्ष वाट चल्दै आएको आर्य सत्य हो ! यसै क्रममा  विभिन्न हाम्रा निजि  स्वामित्वका जस्तैः सुख ,दुख खुशी , आनन्द लाई नियाल्न तिर , बुझ्न तिर नलागी  अरुमाथी जाइलागी , अरुकै खेदो खन्ने ,नकारात्मक विषयलाई महत्त्व दिनु  वर्तमान मानिसको दिनचर्या भएको छ प्रत्यक्ष अप्रत्यक्ष आफुभित्रको खोटलाई देख्न नसकी यसो उसो ,उचो निच धनी गरिव, जात बिजात ,ज्ञानी अज्ञानी जस्ता प्रशंग उठान गर्नु र विभिन्न चोक ,होटल ,बार तथा चियापसलहरुमा वहस गर्नु ले मात्र हाम्रो जिम्मेवारि पूरा हुदैन खासगरी जिम्मेवारी को पदलाई नै गतिलो गरि बुझ्न , जान्न र देख्न नसकेको पो हौँ कि ?र त  हामी यता उता बरालिने , अरुकै होहोमा लाग्ने बाटो रोजेको पो छौँ कि ? स्पष्ट रुपमा हाम्रो हित अहित के कुरामा छ जान्न नखोजेको पो हौँ कि ?  यी र यस्ता प्रश्नहरुको गहिराईका साथ आजका जोशिला , तागततिला, उर्जाशिल वा कर्मठ व्यक्तित्व , युवा युवती तथा प्रत्येक असल नागरिकले मनन गर्नु जरुरी छ वास्तवमा मानवीय स्वभाव , आनिबानिमा जुन काल खण्ड, समय अनि परिवर्तनको गतिमा हामी छौँ नि त्यो परापुर्व ईतिहास बाट यसै गरि समानान्तर रुपले अगि बडेको छौ यस्तो विराट सरल , सहज र सान्तपुर्ण हाम्रो सारा अस्तित्वलाई वर्तमान भौतिक बिकासको बिधि विधान , असान्दर्भिक प्रयोग ,  शक्ति प्रदर्शनको होडबाजी ,विज्ञान रुपि सिद्धान्त आदिहरुले सुन्दर र अति प्यारो हाम्रो मानव  अस्तित्वलाई विनास गर्न तिर लाग्दैछ ! किन?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow