कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएकाे छ ।

Mar 3, 2022 - 03:41
Mar 3, 2022 - 03:41
 0
कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएकाे छ । बुधवार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष लिङदेनले देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै त्याे राप्रपा मात्रै भएको दाबी गर्नुभयो । उहाँले राप्रपालाई आउँदा दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीहरू र नेपाली कांग्रेसले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरतासहितको परिवर्तन नै हो । कम्युनिस्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ । यो वास्तविकता हो । राप्रपाबाहेक कम्युनिष्ट र कांग्रेसको विकल्प तत्काल अरू कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन ।’

यस्तै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खलबलिन पुगेको बताउनुभएको छ । प्रमुख राजनीतिक दलहरूकै कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलको रूपमा परिणत भएको उहाँले बताउनुभयो । उहाँले दलहरूको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर सङ्कटतर्फ गइरहेकाे उल्लेख गर्नुभयाे ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘अहिले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर सङ्कटतर्फ उन्मुख छ । वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढीको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको छ । र नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत भएको छ ।’

उहाँले राज्यका प्रमुख तीन अङ्गका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताउनुभयाे ।

राप्रपाको केन्द्रीय कार्य समिति बैठक आज बुधवारदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गर्नुभएको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गर्नुभएको आसन्न स्थानीय तहको चुनावसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठक भाेलि पनि बस्ने उहाँले बताउनुभयो ।

आजकाे बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरूलाई अनुमोदन पनि गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register