श्रीलंका संसदीय निर्वाचनमा अनुराकुमाराको एनपीपी गठबन्धनलाई बहुमत

काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायकेको एनपीपी गठबन्धनले बहुमत ल्याउने निश्चित भएको छ । बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा पछिल्लो मतपरिणामअनुसार २२५ सिटमध्ये १३७ स्थानमा गठबन्धनले जित हासिल गरिसकेको छ । श्रीलंकाको संसद्‌मा २२५ सिट छ । बहुमतका लागि ११३ सिट आवश्यक छ । पहिलोपटक आम निर्वाचनमा वामपन्थीले दुई तिहाइ नजिक रहेको […]

Nov 15, 2024 - 06:53
 0
श्रीलंका संसदीय निर्वाचनमा अनुराकुमाराको एनपीपी गठबन्धनलाई बहुमत

काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायकेको एनपीपी गठबन्धनले बहुमत ल्याउने निश्चित भएको छ ।

बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा पछिल्लो मतपरिणामअनुसार २२५ सिटमध्ये १३७ स्थानमा गठबन्धनले जित हासिल गरिसकेको छ ।

श्रीलंकाको संसद्‌मा २२५ सिट छ । बहुमतका लागि ११३ सिट आवश्यक छ । पहिलोपटक आम निर्वाचनमा वामपन्थीले दुई तिहाइ नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति दिसानायकेका लागि यो निर्वाचनमा बहुमत ल्याउनु निकै महत्वपूर्ण छ । राष्ट्रपति दिसानायकेले संसद्‌बाट अनुमोदन गरेपछि मात्र सरकारका महत्वपूर्ण नीतिहरू कार्यान्वयन गर्न सक्नेछन् ।

हाल उनको पार्टीको संसद्‌मा जम्मा ३ सांसद छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार निर्वाचनमा दिसानायकेले पूर्ण बहुमत ल्याउन सक्नेछन् ।

श्रीलंकामा पछिल्लो पटक सन् २०२० को अगस्टमा संसदीय निर्वाचन भएको थियो । यस्तो अवस्थामा अर्को वर्ष नयाँ निर्वाचन हुनुपर्ने थियो तर, यसै वर्षको सेप्टेम्बरमा राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसद विघटन गरे । त्यसपछि संसदीय निर्वाचनको घोषणा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register