‘माओवादीसँगको पार्टी एकता आत्मघाती’

काठमाडौं । नेकपा एकीकृत समाजवादीको राजधानीमा जारी स्थायी समितिको बैठकमा माओवादीसँग पार्टी एकता गर्नु आत्मघाती हुने नेताहरूले बताएका छन्। स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा समेत माओवादीसँग पार्टी एकता गर्न नहुने राजनीतिक प्रतिवेदन पेस भएको छ। पार्टी महासचिव घनश्याम भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी बलियो नभई माओवादी केन्द्रसँग पार्टी एकता गर्दा आत्मघाती हुने […]

Dec 16, 2024 - 02:38
 0
‘माओवादीसँगको पार्टी एकता आत्मघाती’

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको राजधानीमा जारी स्थायी समितिको बैठकमा माओवादीसँग पार्टी एकता गर्नु आत्मघाती हुने नेताहरूले बताएका छन्।

स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा समेत माओवादीसँग पार्टी एकता गर्न नहुने राजनीतिक प्रतिवेदन पेस भएको छ। पार्टी महासचिव घनश्याम भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी बलियो नभई माओवादी केन्द्रसँग पार्टी एकता गर्दा आत्मघाती हुने भएकाले त्यस्तो काम तत्काल गर्न नहुने पनि नेताहरूले बोल्ने क्रममा बताएका छन्।

शुक्रवारबाट शुरू भएको स्थायी कमिटीको बैठकमा धारणा राख्ने नेताहरूले पार्टीका शीर्ष नेताबीच पार्टी एकताका लागि छलफल भए पनि त्यो अहिलेको परिवेशमा सर्वस्वीकार्य हुन सक्ने धारणा नेताहरूले राखेका थिए।

पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिले माओवादीसँग पार्टी एकता गर्ने समय नआएको र त्यसतर्फ अघि नबढ्न नेतृत्वलाई सुझाव दिनुभएको थियो। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढाउन दुवै दलका अध्यक्षहरूले पार्टी एकताको खाका तय गर्न समेत समिति निर्माण नै गरेका थिए। तर, स्थायी समितिको बैठकमा पार्टी एकता गर्न नहुने आवाज बहुमत भएपछि अध्यक्ष माधव नेपाल अल्पमतमा पर्नुभएको छ।

महासचिव भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको र माओवादीसँग पार्टी एकता अहिलेको परिस्थितिमा अनुपयुक्त रहेको उल्लेख गरिएको छ। एमालेबाट विभाजन भएपछि पार्टीमा व्याप्त निराशाका कारण कहिले माओवादी र एमालेसँग नजिक हुन खोज्दा समस्या आएको निष्कर्ष निकालिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register