रहेनन् विश्वप्रसिद्ध तबलावादक जाकिर हुसैन

काठमाडौं । विश्वप्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारकाअनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा उपचाररत थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनले त्यहीँ अन्तिम […]

Dec 16, 2024 - 06:07
 0
रहेनन् विश्वप्रसिद्ध तबलावादक जाकिर हुसैन

काठमाडौं । विश्वप्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारकाअनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।

परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा उपचाररत थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनले त्यहीँ अन्तिम सास फेरेको बताइएको छ ।

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, सन् २००२ मा पद्मभूषण र सन् २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो ।

उनका पिताको नाम उस्ताद अल्लारखा कुरैशी र आमाको नाम बावी बेगम थियो । जाकिरका बुबा अल्लारखा पनि तबला वादक थिए । जाकिर हुसैनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गरेका थिए ।

उनले मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरे । हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरे ।

हुसैनले सन् २००९ मा आफ्नो पहिलो ग्रामी पुरस्कार प्राप्त गरे । सन् २०२४ मा उनले ३ फरक एल्बमका लागि ३ ग्रामी जितेका छन् । यसरी जाकिर हुसैनले कुल ४ वटा ग्रामी अवार्ड जितेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register