ग्रिसमा आप्रवासी चढेको डुङ्गा पल्टिदा दर्जनौँ बेपत्ता

एजेन्सी । ग्रीसको गाभडोसमा दुई वटा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन्। भू-मध्य सागरको दक्षिणी टापु गाभडोसमा डुङ्गा पल्टिए पछि १ जनाको शव फेला पारेको र ३९ आप्रवासीलाई समुद्रबाट उद्धार गरेको ग्रिसका तट रक्षकले बताएका छन्। अझै धेरै बेपत्ता  भएका छन्। ग्रिसको कोस्टगार्डले शनिबार जहाज र विमानको सहयोगमा खोजी […]

Dec 15, 2024 - 02:46
 0
ग्रिसमा आप्रवासी चढेको डुङ्गा पल्टिदा दर्जनौँ बेपत्ता

एजेन्सी ।

ग्रीसको गाभडोसमा दुई वटा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन्। भू-मध्य सागरको दक्षिणी टापु गाभडोसमा डुङ्गा पल्टिए पछि १ जनाको शव फेला पारेको र ३९ आप्रवासीलाई समुद्रबाट उद्धार गरेको ग्रिसका तट रक्षकले बताएका छन्।

अझै धेरै बेपत्ता  भएका छन्। ग्रिसको कोस्टगार्डले शनिबार जहाज र विमानको सहयोगमा खोजी अभियान सुरु गरेको छ तर अझैसम्म तिनीहरू फेला परिसकेका छैनन्। इटालियन फ्रिगेट र हेलिकप्टरहरू सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखिरहेका छन् । उनीहरूको खोजीका लागि थप जहाजहरू सो क्षेत्रमा पठाइएको छ।

शनिबार छुट्टाछुट्टै घटनाहरूमा माल्टाको झन्डा बोकेको कार्गो जहाजले गाभडोसबाट ७४ किलोमिटर ४७ आप्रवासीहरूलाई उद्धार गर्‍यो, जबकि एउटा ट्याङ्करले टापुबाट ५२ किलोमिटर टाढा अन्य ८८ जनालाई उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।प्रारम्भिक जानकारीका अनुसार कोस्टगार्ड अधिकारीहरूले लिबियाबाट ती डुङ्गाहरू युरोप आउन लागेको प्रारम्भिक जानकारी प्राप्त गरेका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register