नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाडौं । नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअलमार्फत् संयुक्त रुपमा उद्घाटन गर्दै विद्युत निर्यातको औपचारिक सुरु गरेका हुन् । शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्दा ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी हुने […]

Nov 15, 2024 - 08:05
 0
नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाडौं । नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअलमार्फत् संयुक्त रुपमा उद्घाटन गर्दै विद्युत निर्यातको औपचारिक सुरु गरेका हुन् ।

शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्दा ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register