पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर पीएल सिंहको निधनमा आज (सोमबार) शोक बिदा दिएको छ । काठमाडौं महानगरमा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आज शोक बिदा निदे निर्णय गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मेयर सिंहले काठमाडौं नगरपालिकालाई विसं २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका […]

Dec 16, 2024 - 04:31
 0
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर पीएल सिंहको निधनमा आज (सोमबार) शोक बिदा दिएको छ ।

काठमाडौं महानगरमा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आज शोक बिदा निदे निर्णय गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मेयर सिंहले काठमाडौं नगरपालिकालाई विसं २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।

‘काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु हुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निधन भएकोमा काठमाडौं महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ महानगरले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘आज अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयमा शोक बिदा रहने छ ।’

काठमाडौं महानगरका पूर्वमेयर सिंहको आज बिहान निधन भएको हो ।

नेपाली कांग्रेसका ८७ वर्षीय नेता सिंह पेटसम्बन्धी रोगको उपचारत थिए ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सोमबार बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेसम्म राखिने बताइएको छ ।

सिंहको आजै अन्त्येष्टि गरिनेछ ।

काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register