अल्डरसटस्थित शिव मन्दिर विस्तार, थप नेपाली पण्डित राख्ने तयारी

लन्डन । बेलायतको अल्डरसटस्थित शिव मन्दिर विस्तार गरि थप पण्डितहरु राख्ने योजना अगाडि बढेको छ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले अहिलेको शिव मन्दिर संगै जोडिएको अर्को घर खरिद गरेर बिहीबारमात्र चाबी लिएको छ । दुई बेड रुमको घर झण्डै तीन लाख पाउण्डमा खरिद गरिएको शिव मन्दिर अल्डरसटका अध्यक्ष विक्रम भट्टाईले जानकारी दिए । अहिले […]

Dec 20, 2024 - 20:58
 0
अल्डरसटस्थित शिव मन्दिर विस्तार, थप नेपाली पण्डित राख्ने तयारी

लन्डन । बेलायतको अल्डरसटस्थित शिव मन्दिर विस्तार गरि थप पण्डितहरु राख्ने योजना अगाडि बढेको छ ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले अहिलेको शिव मन्दिर संगै जोडिएको अर्को घर खरिद गरेर बिहीबारमात्र चाबी लिएको छ ।

दुई बेड रुमको घर झण्डै तीन लाख पाउण्डमा खरिद गरिएको शिव मन्दिर अल्डरसटका अध्यक्ष विक्रम भट्टाईले जानकारी दिए । अहिले ९० हजार पाउण्ड दिएर बांकी २ लाख पाउण्ड मोर्गेजमा घर लिइएको उनले बताए ।

यही २६ डिसेम्बर बक्सिंग डेका दिन विशेष पूजा आराधनासहित उक्त घरको औपचारिक गृह प्रवेश कार्यक्रम तय गरिएको छ । कम्तीमा दुई वा तीन जना पण्डित थपेर नयां खरिद गरिएको घर उनीहरुको आवासका रुपमा सञ्चालन गर्ने र घर र मन्दिरबीचमा रहेको जग्गा मण्डप बनाउन प्रयोग गरिने भट्टराईले बताए ।

‘अहिले भइरहेको मन्दिर प्रवेशका लागि पछाडिबाट एक्सेस नभएकाले लिनैपर्ने वाध्यात्मक परिस्थिति आइपरेका बेला भाग्यवश घर खरिद गर्न सम्भव भयो’, भट्टराईले नेपाली लिंकसंग भने, ‘शुरुको डाउन पेमेन्टका लागि ९० हजार पाउण्ड चन्दा संकलन र भक्तजनहरुबाट बिना ब्याज ऋण लिएर जुटायौं । बांकी मोर्गेज पनि च्यारिटी इभेन्ट वा दाताबाट जुटाएर छिट्टै चुक्ता गर्ने योजना छ ।’

अध्यक्ष भट्टराईले निकै लामो प्रतिक्षापछि सबैको सहयोग, सद्भाव र सदासयताका कारण शिव मन्दिर अल्डरसटले छिमेकी घर खरिद गर्न सफल भएको बताए । भट्टराईले यस कार्यमा योगदान गर्ने चन्दादाता, मन्दिरका पण्डित, कार्यसमिति पदाधिकारी र सदस्यहरु, ट्रष्टी, प्रमुख संरक्षक तथा सम्पूर्ण संरक्षकहरु एवं प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरेका छन् । उनले बांकी मोर्गेज चुक्ताका लागि विगत जस्तै अब पनि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरे ।

कम्युनिटी सेन्टरले सन् २०१८ डिसेम्बरमा भवन खरिद गरेर पहिलो मन्दिर स्थापना गरेको हो ।

उक्त मन्दिरमा बिहान ९ र सांझ ६ बजे आरती गरिन्छ । मन्दिरले पण्डित आचार्य मधुसुदन सत्याललाई तीन वर्ष अनुवन्धित गरेको छ । पण्डित सत्यालले मन्दिर बसेर नित्य पूजाआजा, आरती र ५० माइलसम्मको दुरीमा रहेका नेपालीलाई आवश्यक पर्दा वैदिक कार्य गर्दै आएका छन् ।

मन्दिरले तोकेको रकम लिएर पितृ लगायत विभिन्न धार्मिक कार्य, न्वारन आदि हुने भट्टराईले बताए । मन्दिरमा कम्तीमा दुई वा तीनजना पण्डित राख्ने योजना बढेको उनले सुनाए । नेपालबाट भोलेण्टियर वेसिसमा संस्कृत पाठशालाबाट दिक्षित र उक्त स्कुलले सिफारिस गरेको अब्बल युवा पण्डित ल्याउने तयारी भइरहेको भट्टराई बताउंछन् ।

उक्त मन्दिरमा हरेक शनिबार बिहान योगा, आइतबार वाल विकास शीर्षक अन्तर्गत बालबालिकालाई सनातन संस्कृतिबारे प्रवचन, आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म डा. कृष्ण उपाध्यायद्धारा प्रवचन, हरेक बिहीबार दिउसो १ देखि सांझ ६ बजेसम्म चौतारी ग्रुपका भूतपूर्व गोर्खा वृद्धवृद्धाको गतिविधि हुने गरेको छ ।

शिवरात्रीको तयारी पनि शुरु भइसकेको मन्दिरले जनाएको छ । त्यहां दशैं तिहार, तीज लगायत हरेक नेपाली चाडपर्व मनाउने गरिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register