सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै रिहा गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फैलाएको मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न […]

Dec 20, 2024 - 15:31
 0
सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फैलाएको मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पूर्जीको आधारमा पुन: पक्राउ गरेको थियो ।

रिहाइपछि प्रसाईंले तस्करबिरुद्ध आफ्नो लडाईं जारी रहने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register