नौ सय जनालाई न्यानो टोपी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरेको छ । वडा नम्बर– ७ का वडा अध्यक्ष विनोद मोक्तान तमाङको पहलमा कोच नेपालका सिइओ सिमोन खत्रीले वडा नम्बर– ७ भित्रका शिक्षक, विद्यार्थी, आवाज नेपालका भाइ– बैनी र स्वास्थ्य चौकीका कर्मचारी गरी नौ सय भन्दा बढीलाई […]

Dec 21, 2024 - 04:28
 0
नौ सय जनालाई न्यानो टोपी

दोलखा ।


दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरेको छ ।


वडा नम्बर– ७ का वडा अध्यक्ष विनोद मोक्तान तमाङको पहलमा कोच नेपालका सिइओ सिमोन खत्रीले वडा नम्बर– ७ भित्रका शिक्षक, विद्यार्थी, आवाज नेपालका भाइ– बैनी र स्वास्थ्य चौकीका कर्मचारी गरी नौ सय भन्दा बढीलाई न्यानो टोपी वितरण गरिएको हो ।


चिसो मौसममा पढाई र स्वास्थ्य सेवा प्रभावित नहोस भन्ने उदेश्यले पहिलो चरणमा कोच नेपालका सिइओ सिमोन खत्री मार्फत न्यानो टोपी वितरण गरिएको वडा नम्बर– ७ का वडा अध्यक्ष तमाङले बताए ।

न्यानो टोपी वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, कुटिडाँडा माविका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठ, वडा अध्यक्ष विनोद मोक्तान तमाङ, कोच नेपालका सिइओ सिमोन खत्री, सविता होल्डिङका अध्यक्ष सविता पाण्डे लगायतको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register