बागलुङ कालिकामा २९ लाख भेटी संकलन, मन्दिरको खर्च र बचत कति ?

काठमाडौँ । बागलुङ कालिका भगवती मन्दिरमा एक महिनामा २९ लाख भन्दा बढी भेटी संकलन भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मंसिर महिनामा मन्दिरमा रू २९ लाख १२ हजार छ सय ९० भेटी संकलन भएको हो । जसमध्ये १४ लाख ३७ हजार ३९ खर्च भएको छ भने १४ लाख ७४ हजार […]

Dec 20, 2024 - 11:20
 0
बागलुङ कालिकामा २९ लाख भेटी संकलन, मन्दिरको खर्च र बचत कति ?
काठमाडौँ । बागलुङ कालिका भगवती मन्दिरमा एक महिनामा २९ लाख भन्दा बढी भेटी संकलन भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मंसिर महिनामा मन्दिरमा रू २९ लाख १२ हजार छ सय ९० भेटी संकलन भएको हो ।
जसमध्ये १४ लाख ३७ हजार ३९ खर्च भएको छ भने १४ लाख ७४ हजार छ सय ५१ बचत भएको छ । गुठीका अध्यक्ष खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट रू १७ लाख आठ हजार छ सय ४०, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट रू एक लाख दुई सय ५० र कुखुराबाट सात हजार छ सय रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै, राँगोबाट रू दुई हजार, सटर भाडा रू तीन लाख नौ हजार पाँच सय ४०, विवाहबाट रू १० हजार पाँच सय, वनभोजस्थलबाट रू एक हजार, आर्थिक सहयोग रू ४३ हजार दुई सय १०, परेवा बिक्रीबाट रू छ लाख ५४ हजार सात सय ५०, व्रतबन्धबाट रू नौ सय र पण्डितबाट रू १८ हजार चार सय आम्दानी भएको छ ।
यता, कर्मचारीहरूको तलबमा रू चार लाख पाँच सय, बिजुलीमा रू ३५ हजार नौ सय ३०, पूर्वाधार विकासमा रू पाँच लाख २८ हजार छ सय ९८, पूजा खर्च ५५ हजार, पोशाकमा रू ५३ हजार, विज्ञापन खर्च रू छ हजार, मेसिन तथा उपकरण रू २८ हजार, खाद्यान्न र आवासमा रू ७८ हजार, मर्मतसम्भारमा रू १७ हजार र यातायात तथा भ्रमणमा रू एक लाख तीन हजार आठ सय खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register