दुर्गा प्रसाईं प्रहरी वृत्त सिंहदरबारको हिरासतमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोले जनाएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ […]

Nov 20, 2024 - 12:53
 0
दुर्गा प्रसाईं प्रहरी वृत्त सिंहदरबारको हिरासतमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।   प्रधानमन्त्रीविरूद्धको सोही विवादास्पद बयानपछि उनी पक्राउ परेका हुन् ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register