सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी भइरहेको छः नेता ज्ञवाली

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले राजनीतिक सहमतिका आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी ऐन कार्यान्वयनका लागि […]

Dec 6, 2024 - 13:42
 0
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी भइरहेको छः नेता ज्ञवाली

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले राजनीतिक सहमतिका आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

“सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्ने र आजभोलि नै आयोग गठन गर्ने सरकारको तयारी छ”, उनले भने, “आयोग गठन भएपछि झण्डै दुई दशकदेखि थाँती रहेको शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता, पीडितले न्याय र पीडकले सजाय पाउने छन् ।”

नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि शक्तिशाली नियमनकारी निकायको गठन र बचत सुरक्षाका लागि कर्जा सुुरक्षण कोष बनाउने तयारी सरकारले गरेको जानकारी दिए ।

“सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ”, उनले भने, “सहकारीको बचत अपचलनमा जोडिएका जोसुकैलाई पनि सरकारले अनुसन्धानको दायरामा ल्याउँछ । दोषी देखिए कारबाही हुन्छ ।”

कानुन कार्यान्वयन गर्ने निकायलाई स्वतन्त्र ढङ्गले काम गर्ने दिनुपर्ने बताउँदै उनले सडक र भीड जम्मा गरेर फैसला नहुने बताए । सरकारले विश्वका सबै देशहरुसँग सन्तुलित सम्बन्ध स्थापित गराउने प्रयास गरेको ज्ञवालीले बताए ।

प्रधानमन्त्रीको यसै हप्ता भएको चीन भ्रमणले सात वर्षअघि भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता कार्यान्वयनमा अघि बढेको बताए । राजनीतिक अस्थिरता र अराजकताको अन्त्यका लागि कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको नेता ज्ञवालीले बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register