निःशुल्क बाल क्यान्सर उपचार सेवा शुरु

झापा, ७ मंसिर । सरकारले देशभरका १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेको सीमित स्रोत, साधन, जनशक्ति र पूर्वाधार बीच असीमित सेवा दिने सङ्कल्प लिएर [...] The post निःशुल्क बाल क्यान्सर उपचार सेवा शुरु appeared first on Jhapa Online.

Nov 20, 2024 - 16:24
 0
निःशुल्क बाल क्यान्सर उपचार सेवा शुरु

झापा, ७ मंसिर । सरकारले देशभरका १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेको सीमित स्रोत, साधन, जनशक्ति र पूर्वाधार बीच असीमित सेवा दिने सङ्कल्प लिएर देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाउने कार्य अन्तर्गत १४ वर्ष मुनिका १६ लाख बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा प्रारम्भ भएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोग र अन्य निकायहरूको समन्वयमा नपुग स्रोत नेपाल सरकारले व्यवस्था गर्ने गरी सो सेवा सुरु भएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले स्वास्थ्य बिमाको रकम भुक्तानी नपाएको विषयमा अध्ययन हुँदा अस्पतालले बिरामी जाँचेको तथ्याङ्क बढी देखाएको भन्दै त्यस्ता अस्पताललाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

मन्त्री पौडेलले सरकारले कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताउनुभयो ।

The post निःशुल्क बाल क्यान्सर उपचार सेवा शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register